जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
विश्व ब्याडमिन्टन महासंघमा नेपाली युवा ब्याटमिन्टन खेलाडी प्रिन्स दाहालको वरीयतामा उल्लेख्य प्रगति भएकाे छ । नयाँ वरीयतामा प्रिन्स ५४ औंँ बाट ३९ औंँ स्थानमा उक्लेका छन् ।
बीडब्लूएफले निकालेको नयाँ वरीयतामा प्रिन्सले छलाङ मारेसँगै उनले सहभागिता जनाउने विश्वव्यापी प्रतियोगिताको पनि ढोका खुलेको छ । प्रिन्सले अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा तेस्रो स्थान हासिल गरेका थिए । यसका आधारमा पनि उनको वरीयताले फड्को मारेको हो । उनी सिनियर अन्तराष्ट्रिय ब्याटमिन्टन प्रतियोगिताको एकल विधाको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी बनेका थिए ।
केही साता अघि मात्र दुबई ओपन प्रतियोगिताको यू–१९ विधामा स्वर्ण जितेका प्रिन्स आसन्न सागको छनोटमा प्रतिस्पर्धामा छन् ।
प्रिन्सको यो सफलताले अब उनलाई सिनियर ब्याडमिन्टन प्रतियोगिताको छनोट खेल्नुनपर्ने भएको छ । अब प्रिन्सका लागि कुनैपनि प्रतियोगिता खेल्ने अवसर हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।