जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
युरोपियन च्याम्पियन्स लिगमा बायर्न म्युनिखले टोटनह्याममाथि ७–२ को फराकिलो जित निकालेको छ । समूह बी अन्तर्गत भएको खेलमा टोटनह्यामलाई लज्जास्पद हारको स्वाद चखाउन बायर्नका लागि नाब्रीले चार गोल गरे ।
जर्मन च्याम्पियन बायर्नविरुद्ध टोटनह्यामले सुरुवाती अग्रता लिएको थियो । खेलको १२ औं मिनेटमा सन ह्युङ मिङको गोलमा टोटनह्यामले अग्रता बनाएको थियो ।
तर यो अग्रता तीन मिनेटपनि टिक्न सकेन । खेलको १५ औँ मिनेटमा किमिचले गोल गर्दै बायर्नलाई बराबरीमा पुर्याए । ४५ औं मिनेटमा रोबेर्ट लेवान्दोस्कीले गोल गर्दै बायर्नलाई २–१ ले अगाडि राखे ।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको बायर्नले ५३ औँ मिनेटमा तेस्रो गोल गर्यो । उसका लागि नाब्रीले गोल गरे । त्यसपछि ५५ औँ मिनेटमा उनले नै ब्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे ।
हेरी केनले ६१ औँ मिनेटमा गोल गर्दै अन्तर ४–२ मा झारे पनि बायर्नले त्यसपछि तीन गोल थप्यो । उसका लागि ८३ औँ मिनेटमा नाब्री, ८७ औँ मिनेटमा लेवान्दोस्की र ८८ औँ मिनेटमा नाब्रीले नै गोल गरे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।