वर्षाका कारण नेपाल र सिंगापुरबीचको खेल रद्द, एक एक अंक बाँडियाे

 असोज १५, २०७६ बुधबार १८:८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज हुने भनिएको सिंगापुर र नेपालबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

नेपाली समय अनुसार सवा पाँच बजे खेल सुरु हुनुपर्ने भए पनि वर्षाका कारण खेलमा टस समेत हुन सकेन । खेल रद्द भएपछि दुवै टिमले एक एक अंक बाँडेका छन् । यो नतिजासँगै नेपालले चार खेलबाट तीन अंक जोडेको छ भने सिंगापुरले तीन खेलबाट तीन अंक बनाएको छ ।

जिम्बावेले भने तीन खेलबाट चार अंक जोडेको छ । अब बिहीबार जिम्बाब्वे र सिंगापुरबीच खेल हुनेछ । 

सिंगापुर क्रिकेट संघले आसन्न टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको यो प्रतियोगितामा नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो ।

दोस्रो खेलमा कप्तान पारस खड्काको कीर्तिमानी सतकको मद्दतले सिंगापुरलाई ९ विकेटले पाखा लगाएको थियो । तर तेस्रो खेलमा नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित हुँदा उपाधिमा धक्का लागेको थियो । सिंगापुरले भने जिम्बाब्वेलाई हराएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया