भारत-दक्षिण अफ्रिका टेस्ट : भारतलाई ७१ रनकाे अग्रता, आश्विनकाे सात विकेट

 असोज १८, २०७६ शनिबार ११:४०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतविरुद्को पहिलो टेस्टको पहिलो पारीमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ । 

दक्षिण अफ्रिकाले पहिलो पारीमा सबै विकेट गुमाउँदै चार सय ३१ रन बनाएको छ । उसका लागि डिन एलगर र क्विण्टन डी ककले शतकीय पारी खेले । एलगरले एक सय ६० रन बनाउँदा विकेटकिपर डिककले एक सय ११ रन बनाए । त्यस्तै कप्तान फाफ डु प्लेसीले ५५ रन बनाए । 

भारतका लागि रविचन्द्रन आश्विन एक्लैले सात विकेट लिए । ४६ दशमलव २ ओभर बलिङ गरेको आश्विनले एक सय ४५ रन दिँदै सात विकेट हात पारेका हुन् । त्यस्तै रवीन्द्र जडेजाले दुई र इशान्त शर्माले एक विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले मयंक अग्रवालको सानदार दोहोरो शतक र रोहित शर्माको एक सय ७६ रनको मद्दतमा पाँच सय दुई रनको योगफल तयार पारेको थियो । 

दक्षिण अफ्रिकाका लागि केशव महाराज तीन विकेट लिए । त्यस्तै भेर्नाेन फिलाण्डर, डेन पिडेट, सेनुरन मुथुस्यामी र डिन एलगरले समान एक एक विकेट हात पारे । 
पहिलो पारीमा ७१ रनको अग्रता बनाएको भारतले दोहोरो पारीको ब्याटिङ गरिरहेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया