करन केसी र सन्दीपकाे सानदार बलिङ: नेपालले पायाे १३४ रनकाे लक्ष्य

 असोज २०, २०७६ सोमबार १३:२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाकाे आफ्नाे दाेस्राे खेलमा नेपालले १३४ रनकाे विजय लक्ष्य पाएकाे छ।

१९.३ ओभरमा १३३ रनमै नेदरल्याण्ड्सलाई अल आउट पार्न करन केसी र सन्दीप लामिछानेकाे याेगदान उत्कृष्ट रह्याे । करन केसी र लामिछानेले व्यक्तिगत ४-४ विकेट लिएपछि   नेदरल्याण्ड्सकाे टाेलीलाई १३३ रनमै राेक्न सकिएकाे हाे । 

यसअघि आइतबार भएकाे खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएकाे थियाे ।

 

ब्याटिङतर्फ नेदरल्याण्ड्सका लागि म्याक्स ओ'दाउदले सर्वाधिक ४३ रन बनाए । यस्तै कोलिन एकेरमनले २९, एन्टोनस स्टालले २१ र स्कट एडवार्डसले १६ रन बनाए ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया