नेपाललाई चाैथाे सफलता: आयरल्याण्डका कप्तान विल्सन आउट

 असोज २२, २०७६ बुधबार १२:२६:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देशको सहभागिता रहेको टी-२० क्रिकेट सिरिजमा नेपालले आयरल्याण्डकाे चाैथाे विकेट लिएकाे छ । १५औँ ओभरकाे पाँचाै बलमा अविनाश बाेहराले आयरल्याण्डका कप्तान ग्यारी विल्सनलाई एलबीडब्ल्यू आउट गरेका हुन् ।

यसअघि १२औँ ओभरकाे तेस्राे बलमा ललित राजवंशीले आयरल्याण्डका एण्डी बालबर्निलाई र १२औँ ओभरकै चाैथाे बलमा दिपेन्द्रसिंह ऐरीले रन आउट गरेका थिए ।

 यसअघि टस हारेर पहिले बलिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले खेलकाे दाेस्राे ओभरकाे चाैथाे बलमा पहिलाे विकेटका रुपमा केभिन ओ'ब्राइनलाई क्याच आउट गराएका थिए ।

ओमान क्रिकेट संघको क्रिकेट मैदानमा जारी खेलमा नेपालको टिममा दुई जना खेलाडी परिवर्तन गरेको छ । जसमा सन्दिप जोरा र इशान पाण्डे टिममा आएका छन् भने रोहित पौडेल र पवन सर्राफलाई आराम दिइएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया