साफ यू-१५ महिला च्याम्पियनिसप : बंगलादेशसँग नेपाल २-१ ले पराजित

 असोज २४, २०७६ शुक्रबार १६:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

भुटानमा जारी साफ यू-१५ महिला च्याम्पियनिसपमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ ।

पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल शुक्रबार बंगलादेशसँग २–१ गोल अन्तरले स्तव्ध हुन पुग्यो । पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो हाफमा एक गोल फर्काए पनि हार भने टार्न सकेन ।

१२ औं मिनेटमा बंगलादेशकी साहिदा अक्तर रिपाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिइन् । २५ औं मिनेटमा बंगलादेशले पाएको पेनाल्टीमा गोल संख्या दोब्बर बनाउन पुग्यो । बंगलादेशकी कप्तान समसुन्नाले पेनाल्टीमार्फत गोल गरेकी थिइन् ।

६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै अग्रता २–१ मा झारेकी थिइन् । तर त्यसपछि नेपालले थप गोल गर्न नसके पछि पराजित हुन पुग्यो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया