चिनियाँ राष्ट्रपति सीको सम्मानमा डिनर : मेन्यूमा साँधेको भटमासदेखि इलामको चिया र गुल्मीको कफीसम्म

 असोज २५, २०७६ शनिबार २२:१४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नु भएको छ । 

रात्रिभोजमा चीन र नेपालका राष्ट्रपति तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्छ । 

रात्रिभोजमा अधिकांश नेपाली परिकार पस्किइएको छ । रात्रिकोजको सुरुवाति परिकार(स्टार्टर) का रुपमा बारा, मोमोका साथै लुक्लाको सिमीसँग साँधेको भटमास  रहेको छ । 

त्यसपछि चिनियाँ राष्ट्रपतिलाीई कुरिलो र क्वाँटीको रस प्रस्तुत गरिनेछ । त्यस्तै रात्रिभोजको मुख्य परिकारमा पट रोस्ट ल्याम्ब चप(भेडाको पाठाको विशेष परिकार) रहेको छ । त्यस्तै मुख्य परिकारकै विकल्पमा क्यान्टोनिज प्यान फ्राइड नुडल्स रहेको छ । 

रात्रिभोजको डेजर्टका रुपमा विभिन्न मिठाईका परिकारसहित गुल्मीको कफी र इलामको चिया पनि समावेश रहेको छ । 

रात्रिभोजमा सरिक हुनुअघि राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो । राष्ट्रपति सी भारतको दुई दिने भ्रमण सकेर शनिबार दिउँसो नेपालको राजकीय भ्रमणमा आउनु भएको हो ।

मेन्यूमा के-के छ ?

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया