महरालाई आज अदालत लगिने

 असोज २८, २०७६ मंगलबार ८:५७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यौन दुव्यर्वहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार काठमाण्डौ जिल्ला अदालत लैजाने तयारी छ । 

थुनामा राखेर थप अनुसनधान गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो । दशैँ बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन नसकिएपछि मंगलबार अदालतमा उपस्थिति गराएर म्याद थप्ने प्रहरीको तयारी छ । 

उच्च रक्तचाप र मुटुको नियमित स्वास्थ्य परीक्षणका लागि महरालाई गएको बिहीबारदेखि थापाथलीमा रहेको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया