इटालियन सिरिएमा एटलान्टामाथि युभेन्टसको जित

 मंसिर ८, २०७६ आइतबार ६:४२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इटालियन सिरिएमा शीर्ष स्थानमा रहेको युभेन्टसले जित निकालेको छ । युभेन्टसले पाँचौ स्थानको एटलान्टालाई ३–१ गोल अन्तरले पराजित गर्दै शीर्ष तालिकामा ४ अंकको अग्रता बनाएको हो ।

एक गोलले पछि परेको खेलमा युभेन्टसले ३ गोल फर्काउँदै जित आत्मसाथ गरेको हो । दुवै गोल युभेन्टसका लागि गोन्जालो हिग्युनले गरेका थिए ।

शनिबार राति भएको खेलमा युभेन्टसविरुद्धको खेलमा एटलान्टाका रोविन गोसेन्सले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्टसले दोस्रो हाफमा गोल खान पुगेको थियो । क्रिष्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभन्टसविरुद्ध ५६ औँ मिनेटमा एटलान्टाका रोविन गोसेन्सले गोल गर्दै अग्रता दिलाएका थिए ।

७४ औँ मिनेटमा गोन्जालो हिग्युनले गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए । ८२ औँ मिनेटमा हिग्युनले नै व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै युभेन्टसलाई २-१ गाेलकाे अग्रता दिलाए ।

दाेस्राे हाफकाे इन्ज्याेरी समयकाे दाेस्राे मिनेटमा पाउलाे डिबालाले गाेल गर्दै युभेन्टसलाई ३-१ गाेलकाे जित दिलाए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया