अहिले बिरामी भएकै कारण प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण पर सर्दैन: डाक्टर शाह

 मंसिर १३, २०७६ शुक्रबार १२:४४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डाक्टर दिव्या सिंह शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको फेरि मिर्गौला प्रत्यारोपणलाई असर नगर्ने बताउनुभएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेकाले उहाँको मिर्गौला प्रत्यारोपण गर्न पर नधकेलिने बताउनुभयो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिहाल्नुपर्ने अवस्था नभए पनि नियमित डायलाइसिस भन्दा प्रत्यारोपण गर्नु ठिक हुने निर्क्यौल गरेको तर हतार गरेर प्रत्यारोपण गरिहाल्नुपर्ने अवस्था भने नभएको डाक्टर शाहको भर्ना छ । 

प्रधानमन्त्री ओलीको अपरेशनको नेतृत्व गरेका डाक्टर रमेशसिंह भण्डारीले उहाँको स्वास्थ्य अवस्थामा सोचेभन्दा तीव्र गतिमा सुधार भइरहेकाले यही गतिमा सुधार भए अब ८–१० दिनमा उहाँ नियमित काममा फर्किन सक्ने बताउनुभयो ।

मिर्गौला प्रत्यारोपण गरेको बिरामीमा कुनै पनि संक्रमण फैलने सम्भावना धेरै हुने र रोगप्रतिरोधि क्षमता कम हुने भएकाले एपेन्डिसाइटिसको संक्रमण पनि छिट्टै फैलिएको हुन सक्ने डाक्टरहरुको भनाइ छ । उहाँलाई संक्रमण नहोस् भनेर मात्र आईसीयूमा राखेर उपचार गरिराखिएको र कहिलेसम्म आईसीयूमै राख्ने भन्नेबारे भने उहाँको स्वास्थ्य अवस्थामा हुने सुधारका आधारमा मात्र भन्न सकिने पनि डाक्टरहरुले बताएका छन् । 

गएको मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आईसीयू कक्षमा राखेर उपचार भैरहेको छ । उहाँको मिर्गौलामा समस्या भएपछि केही समयदेखि नियमित डायलाइसिस पनि गरिँदै आइएको छ । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया