चैनपुर–२ का वडाध्यक्ष काजी शेर्पाको निधन

 मंसिर १३, २०७६ शुक्रबार १३:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - संखुवासभाको चैनपुर नगरपालिका वडा नम्बर-२, का वडाध्यक्ष काजी शेर्पाको बिहीबार राति निधन भएको छ ।

झण्डै ८ महिना अगाडिदेखि क्यान्सरका बिरामी रहेका वडाध्यक्ष शेर्पाको बिहीबार मध्य राति आफ्नै निवासमा मृत्यु भएको हो । २०२५ फागुन १३ गते चैनपुर-२, मयुममा जन्मिएका शेर्पा  शिक्षक पेशाबाट अवकास लिएर गएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट विजयी भएका हुन् ।

वडाध्यक्ष शेर्पाको मयुममा शुक्रबार दिउँसो अन्त्येष्टि गरिने कार्यक्रम रहेको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया