काठमाण्डौमा रहेको भारतीय दूतावासले मनायो स्वतन्त्रता दिवस

 साउन ३०, २०७६ बिहिबार १४:५०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बिहीबार काठमाण्डौमा रहेको भारतीय दूतावासले विविध कार्यक्रम गरी ७३ औं स्वतन्त्रता दिवस मनाएको छ ।

कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिव सिंह पुरीले भारत सरकारले नेपालका विभिन्न अस्पताल, गैरनाफामूलक परोपकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई उपलब्ध गराएको ३० वटा एम्बुलेन्स र ६ वटा बस  हस्तान्तरण गर्नुभयो ।

साथै राजदूत पुरीले भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त गरेका  सैनिकका परिवारलाई आर्थिक सहायता रकम हस्तान्तरण गर्नुभयो । भारत सरकारले ३ परिवारलाई वीर नारी, ५ जना एकल महिला र ६ जना दिवंगत सैनिकका परिवारलाई ५ करोड ३१ लाख नेपाली रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग गरेको छ ।

यस्तै दूतावासले ४० वटा पुस्तकालय तथा नेपालका सबै प्रदेशमा फैलिएका शैक्षिक संस्थाहरुलाई पुस्तक सहयोग पनि उपलब्ध गराएको छ ।

 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया