इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, प...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरेको छ ।
फिफा विश्वकप २०२२ का लागि दोस्रो चरणको छनोटको तयारीमा रहेको नेपाली टिम मलेसियाको सुपर लिग च्याम्प्यिन जोहरासँग खेल्न जाने टिमलाई एन्फामा आयोजित कार्यक्रममा बिदाइ गरिएको हो ।
नेपाली टिम राति १० बजे मलेसिया प्रस्थान गर्ने छ । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका कार्यवाहक सदस्य सचिव राजेश गुरुङ र एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली टिमलाई बिदाइ गरको थिए ।
कार्यवाहक सदस्यसचिव गुरुङले सीमित श्रोत र साधनकाबीचमा पनि नेपालले एकै पटक दोस्रो चरण खेल्न पाउनु ठूलो उपलब्धि भएको बताए । उनले नेपाली खेलाडीहरुलाई आफ्नो क्षमताअनुसार खेल्न आग्रह पनि गरे ।
एन्फा अध्यक्ष शेर्पाले नेपाली फुटबल टिम राम्रो हुँदै आइरहेको बताउँदै उचित स्रोत र साधन नभएको कुरा भने उनले स्वीकार गरेका थिए । देशमा ३ वटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनिरहेको र त्यसले नेपाली फुटबलको विकासमा टेवा पुग्ने जिकिर पनि गरेका थिए ।
नेपाली फुटबल समर्थकहरुले धेरै लामो समयदेखि देशको खेल हेर्न नपाएको भन्दै चाँडै नै रंगशाला तयार भएमा विश्वकप छनोटका खेलहरुमा नेपाली दर्शकहरुले रंगशालामा हेर्न पाउने विश्वास पनि व्यक्त गरे । नियमित कप्तान विराज महर्जन टिम बाहिर रहेपछि पहिलो पटक सुजल श्रेष्ठले नेपाली टिमको कप्तानी गर्दैछन् ।
मुख्य प्रशिक्षक योहान कालिनले मलेसियन क्लबविरुद्ध सुजललाई कप्तानकाे जिम्मेवारी दिएकाे बताए । यसपटककाे टिममा नियमित कप्तान विराज महर्जन र उपकप्तान किरण चेम्जोङ टिमबाहिर रहेपछि नयाँ कप्तानका रुपमा सुजलले माैका पाएका हुन् ।
सागकाे उपाधि विजेता कप्तान विराजमा फिटनेसको समस्या देखिएकाे थियाे भने नियमित गाेलकिपर किरण जापानको जे लिग क्लबमा ट्रायलका लागि गएका छन् ।
मलेसिया जाने टिम यस प्रकार छ
गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई
फरवार्ड : विमल घर्ती मगर, विमल राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ