एसेज शृंखला : स्टोक्सको शतकसँगै इंग्ल्यान्ड १ विकेटले विजयी

 भदौ ९, २०७६ सोमबार ७:४:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

एसेज शृंखला अन्तर्गत तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्याण्ड १ विकेटले विजयी भएको छ । जितसँगै ५ वटा टेस्ट सिरिज १–१ को बराबरी भएको छ । पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्ट ड्र भएको थियो ।

लिड्समा खेलिएको तेस्रो टेस्ट निकै नै रोमाञ्चक बन्न पुग्यो । पहिलो पारिमा १७९ रनमा समेटिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६७ रनमा अल आउट गर्दै दोस्रो पारि सुरु गरेको थियो । दोस्रो पारिमा २४६ रन बनाए पछि इंग्ल्याण्डले ३५९ रनको लक्ष्य पाएको थियो । 

जसमा इंग्ल्याण्डका बेन स्टोक्सले शतकीय पारि खेल्दै हारि सकेको इंग्ल्याण्डलाई जित दिलाउन सफल भए । २ सय बलमा शतक बनाएका स्टोक्सले समग्रमा २१९ बल खेल्दै ११ चौका र ८ छक्काको मद्दतले १३५ रनमा नट आउट रहे । अन्तिम विकेटको रुपमा क्रिजमा आएका ज्याक लिचले क्रिजमा स्टोक्सलाई दरिलो साथ दिए । उनले जम्मा १ रन मात्रै बनाए । त्यो पनि जित्नका लागि २ रन चाहिएका बेला स्टोक्सलाई स्ट्राइक दिएका थिए ।

तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर १५६ रन बनाएको थियो । इंग्ल्याण्डलाई खेल जित्नका लागि २०३ रन बनाउन जरुरी थियो भने अस्ट्रेलियालाई जित्न ७ विकेट आवश्यक थियो ।

पहिलो पारीमा अस्ट्रेलियाले सबै विकेट गुमाएर १७९ रन बनाएको थियो । तर इंग्ल्याण्ड भने ६७ रनमै अल आउट हुन पुग्यो । पहिलो पारिमा ११२ रनको अग्रता हासिल गरेको अस्ट्रेलियाले दोस्रो पारिमा २४६ रन बनाउँदै अल आउट हुन पुग्यो । यसरी इंग्ल्याण्डले ३५९ रनको लक्ष्य पाएको थियो ।

विशाल लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको यस पटक पनि ओपनिङ जोडी फ्लप बन्यो । तर कप्तान जो रुट र जो डेनलीले टिमलाई सम्हालेका थिए । जो डेनली ५० रन बनाएर आउट भएका थिए । तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएरु १५६ रन बनाएको छ । आज चौथो दिनको खेल त्यही स्कोरबाट शुरुहुँदा क्रिजमा अघिल्लो दिन डटेर बसेका जो रुट चाँडै आउट भएपछि इंग्ल्याण्डको टिम दबावमा आएको थियो ।

जो रुट टिमको स्कोर बोर्डमा ३ रन थप भएर १५९ रन हुँदा चौथो विकेटको रुपमा आउट भएका थिए । त्यसपछि जोनी बेयरस्टो र बेन स्टोक्सले ८६ रनको साझेदारी गर्दै इंग्ल्याण्डको जित्ने आशा जगाएका थिए । तर बेरिस्टो ३६ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा आएका जोफ्रा आर्चरले स्टोक्ससँग २५ रनको साझेदारी गरेका थिए । आर्चर १५ रन बनाएर आउट भए । स्टुआर्ड वोर्डले खाता नै नखोली पेभेलियन फर्किए ।

अन्तिम विकेटको रुपमा ज्याक लिच र बेन स्टोक्सले अन्तिम विकेटको रुपमा ७६ रनको साझेदारी गर्दै अस्ट्रेलियाले दिएको ३५९ को लक्ष्य पूरा गर्न इंग्ल्याण्ड सफल भयो । अस्ट्रेलियाका जोस हेजलबुडले सर्वाधिक ४ विकेट हात पारे । एसेजको १४१ वर्षमा नयाँ इतिहास पनि बनाएको छ । अहिलेसम्म ३५० रन भन्दा माथि चेस नभएकोमा स्टोक्सको धुवाँधार पारिले त्यो पनि सम्भव भएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया