एक महिनामा १ अर्ब ३ करोड राजस्व सङ्कलन

 भदौ ३, २०७६ मंगलबार १०:१२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा –   रसुवागढी भन्सार कार्यालयले एक महिनामा १ अर्ब ३ करोड राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कार्यालयले १ अर्ब ३ करोड ५ लाख ४८ हजार राजस्व सङ्कलन गर्न सफल भएको हो । 

यो साउन महिनाको लक्ष्यभन्दा १२०.२५ प्रतिशत बढी हो । कार्यालयले साउन महिनामा ४६ करोड ७८ लाख ९१ हजार रुपयाँ लक्ष्य राखेको थियो । गएको वर्ष यही अवधिमा २६ करोड ४ लाख ७७ हजार रुपयाँ राजस्व सङ्कलन गरेको थियो ।

यो वर्ष सडक अवरुद्ध नभएको र सामग्री आयात बढेको कारण राजस्व संकलन बढेको प्रमुख भन्सार अधिकृत पुण्य विक्रम खड्काले बताउनुभयो । रसुवागढी भन्सार कार्यालयले यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया