अलैँची पकेट क्षेत्रका कृषकको किवि खेतीमा आकर्षण

 भदौ ६, २०७६ शुक्रबार ६:४१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको लिखुपिके क्षेत्रका किसानहरु किवि खेतीतर्फ आकर्षित भएका छन् । अलैँची पकेट क्षेत्र मानिने लिखुपिके क्षेत्रमा केही समय यता अलैँचीमा रोग देखापरेसँगै कृषकहरु किवि खेतीतर्फ लागेका हुन् ।

अलैँचीमा करिब ४ वर्षदेखि छिर्केफुर्के रोगका कारण बोट नै मासिन थालेपछि कृषकहरुले किवि लगाउन थलेको स्थानीय दीपबहादुर बस्नेतले बताउनुभयो । एक समय धान खेतमा अलैँची खती गरेका कृषकहरु रोग तथा किराले बिरुवा नै मर्न थालेपछि वैकल्पिक खेतीमा लागेको वडा नम्बर २ का वडाध्यक्ष रमेश बस्नेतले जानकारी दिनुभयो ।

अलैँचीमा निर्भर रहेका कृषकलाई गाउँपालिकाले समेत वैकल्पिक खेतीको रुपमा किवि लगाउन सुझाव दिएको गाउँपालिका प्रमुृख डम्बरबहादुर बस्नेतले जानकारी दिनुभयो । किवि खेती गर्न चहाने कृषकलाई प्रतिब्याक्ति १० बोटका दरले किविको विरुवा वितरण गरेको गाउँपालिका कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया