रवि लामिछानेसहित तीनै जनाविरुद्ध मुद्दा दर्ता, बयान लिन सुरु

 भदौ ८, २०७६ आइतबार १६:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

चितवन - टेलिभजन प्रस्ताेता रवि लामिछानेसहित तीनै जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय चितवनले आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरेको छ ।

पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, टेलिभिजनमै कार्यरत युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध आत्महत्या दुरुत्साहन गरेको कसुरमा मुद्दा दर्ता गरिएकाे हो ।   

जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन लगाएर अनुसन्धान सकेर आइतबार बिहान अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हाे ।मुलुकी अपराध संहिताको दफा १८५ अनुसार आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउनुपर्ने माग गर्दै प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियाे ।

सरकारी वकिल कार्यालयले प्रहरीले दिएको प्रतिवेदन अध्ययन गरेपछि तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले जानकारी दिनुभयो ।  

अदालतले अहिले तीनै जनासँग बयान लिन सुरु गरेकाे छ । एक नम्बर न्यायाधीश हेमन्त रावलको इजलासमा बयान सुरु भएकाे हाे ।

याेसँगै सरकारी वकिलको मागको पक्ष र विपक्षमा थुनछेक बहस हुनेछ । बहस सुनिसकेपछि अदालतले के गर्ने भन्ने बारेमा फैसला गर्नेछ । अदालतले साधारण तारेखमा छोड्ने वा धरैटी वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने मध्ये कुनै एक आदेश दिन सक्नेछ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया