जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन विजयी भएको छ । आइतबार राति भएको खेलमा एभर्टनले उल्भरह्याम्पटनमाथि ३–२ गोलको जित दर्ता गरेको हो ।
जितसँगै एभर्टनले तालिकामा ७ अंक बनाएको छ ।
एभर्टनको जितमा रिचार्लसनले २ तथा एलेक्स इओवीले एक गोल गरेका थिए । यस्तै, उल्भरह्याम्पटनका लागि रोमेन सइस र राहुल गिमिनेज रोड्रिगेजले एक एक गोल फर्काएका थिए ।
पाँचौ मिनेटमा एर्भटनका लागि रिचार्लसनले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । १ गोलले पछि परेको ४ मिनेट पछि नै उल्भरह्याम्पटनले बराबरी गोल गरेको थियो । नवौं मिनेटमा रोमेन सइसले बराबरी गोल गरेका हुन् ।
तर १२ औं मिनेटमा एर्भटनका लागि एलेक्स इओबीले गोल गर्दै २–१ को अवस्थामा पुर्याए । पहिलो हाफमा २–१ को अग्रता बनाएको एर्भटनले ७५ औं मिनेटमा गिमिनेजले गोल गर्दै उल्भरलाई खेलमा फर्काएका थिए । ८० औं मिनेटमा रिचार्लसनले गोल गर्दै एर्भटनलाई स्पष्ट तीन अंक दिलाउन सफल भएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।