नादेज्दा कपमा सावित्राले पाइन् सर्वाधिक गोलकर्ताको उपाधि

 भदौ २६, २०७६ बिहिबार १९:२४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

किर्गिस्तानमा सम्पन्न नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर सावित्रा भण्डारी सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएकी छिन् ।

पुरै प्रतियोगितामा सात गोल गरेकी उनले सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भइन् । उनले किर्गिस्तालाई हराउँदा चार गोल गरेकी थिइन् भने तुर्कमेनिस्तानविरुद्ध एक गोल गरेकी थिइन् । यस्तै फाइनलमा उनले नेपालका लागि दुई गोल गरेकी थिइन् । उपाधिका रूपमा उनले सिल्भर बुट हात पारिन् ।

महिला फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमानमा अनु लामाको बराबरीसमेत गरेकी सावित्रा यो प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी समेत बनिन् ।

किर्गिस्तानमा भएको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको थियो ।  किर्गिस्तानमा भएको नादेज्दा कप फुटबलको फाइनलमा नेपाल उज्बेकिस्तानसँग ३–२ गोलले पराजित भएको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया