भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
ब्राजिलियन फुटबलर नेयमारले कम उमेरमा राष्ट्रिय टिमका लागि एक सय क्याप जित्ने कीर्तिमान बनाएका छन् । मैत्रीपूर्ण खेलका क्रममा सेनेगलविरुद्दकाे खेलमा मैदानमा उत्रिएपछि उनले यो कीर्तिमान बनाएका हुन् ।
नेयमारले नयाँ रेकर्ड बनाउँदा ब्राजिलले भने सेनेगलसँग १–१ गोलको बराबरीमा चित्त बुझायाे । त्यसाे त ब्राजिलले एक गाेलकाे अग्रता जाेगाउन सकेन । खेलकाे नवौँ मिनेटमा रोबर्टो फिर्मिन्होको गोलमार्फत ब्राजिलले अग्रता बनाएकाे थियाे ।
पहिलो हाफको अन्तिम मिनेटमा सेनेगलका फमारा डाइडयौले गाेल गर्दै टिमलाइ बराबरीमा पुर्याए । पहिलाे हाफ एक एक गाेलकाे बराबरी भएकाे खेलकाे दाेस्राे हाफमा ब्राजिलले दबाव दिए पनि गाेल थप्न सकेन ।
याे खेलमा एक सय क्याप पुर्याएका नेयमारले २७ वर्षकाे उमेरमा याे कीर्तिमान बनाएका हुन् ।