इजरायल र हमासबीच गाजामा युद्ध शुरु भएको दुईसय दिन नाघ्यो, प...
बैशाख १२, २०८१ बुधबार
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा अर्जेन्टिनाले इक्वेडरमाथि ६–१ गोल अन्तरको जित दर्ता गरेको छ । लियोनल मेस्सीबिनै मैदान उत्रिएको अर्जेन्टिनाले २० औं मिनेटदेखि गोल गर्न सुरु गरेको थियो । २० औँ मिनेटमा लुकास एलरियोले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।
इक्वेडरका जोन जायरोले आफ्नै पोस्टमा गोल गरेपछि अर्जेन्टिनाले २७ औं मिनेटमा अग्रता दोब्बर बनायो । लियानार्दो पेडरेसले ३३ औँ मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाएका थिए । पहिलो हाफमा ३ गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो भने एक गोल खान पुग्यो ।
एन्जेल डिलगाडोले ४९ औँ मिनेटमा गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउन प्रयास गरेका थिए । तर जर्मेन पेजलाले ६६ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिना ४–१ गोल अन्तरले अघि बढेको थियो ।
लगातार इक्वेडरमाथि दबाब बनाएको अर्जेन्टिना यतिमा रोकिएन । ८२ औं मिनेटमा निकोलस डोमिगेजले टिमका लागि पाँचौँ र लुकासले ८६ औँ मिनेटमा छैटौँ गोल गरेका थिए ।