खोला तर्ने क्रममा बाँसकाे फड्केबाट खस्दा एक किशाेरीकाे ज्यान गयो

 असोज २७, २०७६ सोमबार ११:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खाेटाङमा खाेला तर्नकाे लागि हालिएकाे बाँसकाे फड्केबाट खस्दा एक किशाेरीकाे ज्यान गएकाे छ । 

बाँसको फड्केबाट खस्दा केपिलासगढी गाउँपालिका १ फेदीकी १३ वर्षीया आयुष्मा राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) बामदेव गौतमले बताउनुभयो । 

खोला तर्नका लागि हालिएको फड्केबाट आइतबार दिउँसो खसेकी बालिकाको शव झण्डै एक सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल दिक्तेल पठाइएको छ । 

अन्तिम अपडेट: कात्तिक ४, २०७६

तपाईको प्रतिक्रिया