रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति तिहारपछि मात्रै

 असोज २८, २०७६ मंगलबार ७:४८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नति तिहारपछि मात्रै हुने भएको छ ।

निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले दशैँ र तिहारको समयमा काम नगर्ने भन्दै आफ्नै देश फिर्ता भएको छ । कामले तिहारपछि निरन्तरता पाउने छ । टोलीले केही समयअघि सडक स्तरोन्नतिको सुभारम्भ गरेको थियो ।

चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ । कालोपत्रेसहितको दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ ।यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।

यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो ।

सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाइसक्नु पर्छ । दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया