सुनचाँदीको भाउ बढ्यो

 असोज २८, २०७६ मंगलबार ११:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार रुपैयाँमा झरेको थियो । मंगलबार चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया