म्याद थपका लागि महरालाई अदालत लगियो

 असोज २८, २०७६ मंगलबार १२:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ ।

गएको १९ गते सरकारी निवासबाटै पक्राउ परेका महरालाई अदालतको नियमित काम सुरु भएसँगै मंगलबार म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएका महराको स्वास्थ्य खराब भएपछि नर्भिक अस्पतालको क्याविनमा राखेर उपचार भइरहेको छ । प्रहरीले म्याद थपका लागि अस्पतालबाटै महरालाई जिल्ला अदालत काठमाण्डौ लगेको हो । 

महराले आफूलाई जबर्जस्ती गरेको भन्दै महिलाको भिडियो सार्वजनिक भएपछि सभामुख पदबाट राजीनामा दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सुझाव दिएको थियो ।

त्यसलगत्तै महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया