राष्ट्रपति भण्डारी म्यानमार जाँदा आधा घण्टा त्रिभुवन विमानस्थलमा उडान अवतरण नहुने

 असोज २९, २०७६ बुधबार ९:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार म्यानमार जाँदै हुनुहुन्छ । म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुभबार बिहान साढे १० बजे म्यानमार जान लाग्नुभएको हो । 

राष्ट्रपति भण्डारीको सुरक्षालाई मध्यनगर गर्दै बिहान १० बजेर २० मिनेटदेखि १० बजेर ५० मिनेटसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान तथा अवतरण बन्द हुने भएका छन् । विमानस्थल कार्यालयले आधा घण्टा विमानस्थलमा कुनै पनि उडान तथा अवतरण नहुने जनाएको हो ।

त्यसअघि ९ बजेर ४० मिनेटदेखि १० बजेर ४० मिनेटसम्म शिवपुरी, बालुवाटार, नक्साल भगवती, ज्ञानेश्वर, रातोपुल, गौशालालगायतका ठाउँमा पनि गाडी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया