प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
संखुवासभा – भोटखोला गाउँपालिका २ को लिङगाममा पाँच किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
सुनसहित खाँदबारी नगरपालिका १ बस्ने २६ वर्षीय तोप्चेन भोटेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) मिमबहादुर लामाले बताउनुभयो ।
सोमबार चेपुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चेक गर्दा सुन र नगद फेला परेको उहाँले बताउनुभयो । पक्राउ परेका उनको साथबाट ३८ हजार रूपैयाँ समेत भेटिएको छ ।
जिल्लामा यति ठूलो परिणममा सुन भेटिएको यो पहिलो घटना हो ।