विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित

 असोज २९, २०७६ बुधबार १३:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विवेकशील नेपाली दलको अध्यक्षमा मिलन पाण्डे निर्वाचित हुनु भएको छ । मंगलबार जनकपुरमा भएको अधिवेशनबाट मिलन पाण्डे अध्यक्षमा, महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जीव भट्टराई निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित पाण्डेले ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका थिए भने ५ प्रतिशत मत नो भोटमा खसेको थियो । बाँकी भोट शिवप्रसाद थापाले पाएका हुन् ।विवेकशील नेपाली दलले पहिलो पटक विदेशमा भएका आफ्ना सदस्यलाई पनि अनलाइनमार्फत मत हाल्ने व्यवस्था गरेको थियो । 

पार्टीका सदस्यहरुमा आलोक सुवेदी, आशुतोष प्रधान, महेश पाठक, जेसन वैद्य, प्रमेश श्रेष्ठ, आशीष राई, कृष्ण भट्टराई, शिशिर राई र शिशिर बञ्जारा रहेका छन् । त्यस्तै संघीय सदस्य महिलातर्फ निर्वाचित हुने सदस्यहरुमा रजिया बानु, प्रतिभा डंगोल, सरला लामिछाने रहेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया