लमजुङमा भ्यान दुर्घटना : ६ जना घाइते

 असोज २९, २०७६ बुधबार १७:१६:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका ७ पाउँदीमा म्याजिक भ्यान दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । 

पाउँदी-बोराङखोला रुटमा चल्दै आएको ना१ज ७४१५ नम्बरको सेतो म्याजिक भ्यान बुधबार दिउँसो एक बजे राइनासतर्फ जाने पाउँदी सडकबाट झण्डै ३० मिटर तल खस्दा ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भोटेओडारले जनाएको छ ।

प्रहरीकाअनुसार घाइते हुनेहरुमा उदयबहादुर मल्ल, सम्झना शाही, लक्ष्मी शाही, मन्दिरा रिमाल नेपाली, सिर्जना नेपाली रहेको र एक जनाको परिचय खुलेको छैन । घाइतेमध्ये दुई जनालाई उपचारका लागि चितवन, एक जनालाई काठमाण्डौ पठाइएको र तीन जनाको सुन्दरबजारको कर्मदा हस्पिटलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

चालकको खोजी भैरहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्रमान गुरुङले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया