सरकारको नेतृत्वमा ओली र प्रचण्डबीच आलाेपालाे हुँदैन : नेता शर्मा

 असोज ३०, २०७६ बिहिबार १६:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - सत्तारुढ दल नेकपाका राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने बताउनु भएको छ ।

नेता शर्माले सरकारको नेतृत्व पुरै कार्यकाल ओलीले गर्ने भएकाले त्यसमा आलोपालो नहुने पनि बताउनुभयो । सरकारको नेतृत्वमा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आलोपालो हुने चर्चा भैरहेका बेला नेता शर्माले ओलीले नै पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

बिहीबार काठमाण्डौमा आयोेजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सरकारले राम्रो काम गरिरहेकाले पनि ओलीलाई नै पूरा कार्यकाल सरकारको नेतृत्वमा राख्नु पर्ने तर्क पनि गर्नुभयो ।

नेता शर्माले मन्त्रिपरिषद पुनर्गठन हुने विषयमा प्रधानमन्त्रीले पार्टीका शीर्ष तहमा छलफल गरिरहेको पनि बताउनुभयो । उहाँले सरकारले अन्तर्राष्ट्रिय रुपमा विश्वास आर्जन गरेकाले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सम्भव भएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया