सोमर तामाङ  र विशाल नगरकोटी आईएमईको दशैँ अफरकाे पहिलाे महिनाकाे विजेता

 असोज ३०, २०७६ बिहिबार २१:७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सोमर तामाङ र विशाल नगरकोटी दशैँमा आईएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् ।

सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत तामाङ र नगरकोटी विजेता घोषित भएका हुन् । उनीहरुले मलेसिया र जापानबाट अफर अवधिमा आईएमई मार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । आईएमईको दशैँ अफर अन्तर्गत तामाङ र नगरकाेटी दुवैले आफूले पठाएको रकमको चार गुणा बढी रकम प्राप्त गरेका छन् ।

त्यस्तै आईएमईका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्जाल मार्फत अफर अवधिमा नेपालमा पैसा पठाउने कृष्ण मुखिया, महेश आले मगर, विजय नेपाली, लक्ष्मी गुरुङ, राम बहादुर काफ्ले, भुवन अधिकारी, जीत बहादुर सार्की, चुणामणि काफ्ले, कृष्ण थापा, आइतराम गुरुङ, डबल प्रसाद चापागाईं र राजेश शाह सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत विभिन्न हप्ताका साप्ताहिक विजेता घोषित भएका छन् ।

विजेता सबैले आफूले पठाएको रकमको दुई गुणा बढी रकम प्राप्त गरेका छन् ।
 
आईएमईले सार्वजनिक गरेको पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर छ । अफर २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म ७७ दिन चल्ने कम्पनीले जनाएकाे छ । 

अफर अनुसार हरेक दिन आईएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता दुई जनालाई आफूले पठाएको रकमको डबल, हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एक जनालाई पठाएको रकमको डबलको डबलको डबल अर्थात आठगुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने बताइएकाे छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया