प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
आगामी अक्टोबर २६ मा हुने तय भएको बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित भएको छ ।
क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै स्पेनिस फुटबल महासंघले बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा हुने खेल स्थगित गरेको हो । महासंघले क्याटलोनियाको तनावका कारण एल क्लासिको खेल रियल मड्रिडको मैदानमा सार्न प्रस्ताव गरेको थियो ।
तर दुवै क्लबले यो प्रस्ताव अस्वीकार गरेपछि महासंघले खेल स्थगित गरेको हो । खेल डिसेम्बर १८ तारिखमा गर्न प्रस्ताव गरिएको छ। स्पेनिस ला लिगामा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा छ । बार्सिलोनाले १६ अंक सहित रियललाई पछ्याइरहेको छ ।