जावलाखेलमा ढकमक्क गाेदावरी फूल (फाेटाे फिचर)

 कात्तिक १, २०७६ शुक्रबार १५:१०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - जावलाखेलमा शुक्रबारदेखि १३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी र मेला सुरु भएको छ । 

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको मेलामा ४९ ओटा स्टल राखिएको फ्लोरिकल्चर एसोसिएशन अफ् नेपालले जनाएको छ । 

यस पटक मेलामा विदेशबाट आयात गरिएका १६ ओटा नयाँ प्रजातिका फूलको पनि प्रदर्शनी हुनेछ । तिहार नजिकिँदै गर्दा एसोसिएशन गोदावरी फूल प्रदर्शनीको तयारीमा जुटेको हो । 

घर, आँगन बगैँचालगायत सजाउन र स्वागत सत्कारमा विशेष प्रयोग गरिने फूलको व्यवसायिक प्रवर्द्धन तथा पुष्प व्यवसायीलाई हौसला प्रदान गर्न प्रतियोगिता गर्न लागिएको एसोसिएशनले बताएको छ । 

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपालमा पुष्प व्यवसायमा आबद्ध हुनेको संख्या सात सयभन्दा धेरै छ भने ४३ जिल्लामा फूल खेती विस्तार भइसकेको छ । 

३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा ५० लाख रुपैयाँ बराबरको कारोबार हुने एसोसिएशनले जनाएको छ । शुक्रबारबाट सुरु भएकाे पुष्प मेला कात्तिक ४ गतेसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया