सागका लागि टेण्डर आह्वान : १५ हजार ज्याकेट, १० हजार टोपी, दौरासुरुवाल र सारीचोलो पनि किनिने

 कात्तिक २, २०७६ शनिबार १२:४४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो मंसिर १५ गतेदेखि नेपालमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा चाहिने विभिन्न सामग्री खरिदको लागि टेण्डर आह्वान भएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ज्याकेट, जुत्ता, ट्रयाक–सुट, टोपीदेखि साउण्ड सिस्टम र आतिशबाजीसम्मका सामग्रीको लागि टेण्डर आह्वान गरेको हो । 

राखेपले २५ सय जोर ट्रयाकसुट र जुत्ता, १५ हजार थान पातलो ज्याकेट, सागको लोगो अंकित क्याप १० हजार थान र दौरासुरुवाल, कोट र सारी चोलो १ सय ५० थान खरिद गर्न टेण्डर आव्हान गरेको छ । राखेपकले केही सामग्री किन्ने र केही भाडामा लिने जनाएको छ । 

विभिन्न जनजातिका पोशाकहरु, साउण्ड सिस्टम, फ्लेक्स, स्टेज निर्माण, आतिशबाजी, टेण्ट, कुर्सी, मस्कट लगायतका सामग्रीको लागि राखेपले टेण्डर आव्हान गरेको हो । 

साथै राखेपले तोकिएकै समयमा प्रतियोगिता सम्पन्न हुने पनि जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया