आईपीएल क्रिकेटमा आज कोलकोता र पञ्जाव खेल्दै
बैशाख १४, २०८१ शुक्रबार
डोटी – जोरायल गाउँपालिका २ को गरुड भन्ने ठाउँमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंंह देउवाका अनुसार डडेलधुराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ४ ख ८२३५ नम्बरको बस दुर्घटना भएको हो ।
गम्भीर घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि कैलाली पठाइएको इलाका प्रहरी कार्यालय बुडर, डोटीका प्रमुख कर्ण रौलेले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे तीन बजे दुर्घटना भएको बस सडकबाट झण्डै ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।