नेपाल पब्लिक क्याम्पस संघको महाधिवेशन: लेखा सदस्य पदको मतदान स्थगित

 कात्तिक २, २०७६ शनिबार १९:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन विश्वविद्यालयमा शनिबार भएको नेपाल पब्लिक क्याम्पस संघको महाधिवेशनमा लेखा सदस्य पदको मतदान स्थगित भएको छ ।

लेखा सदस्य पदका प्रत्याशीमध्येका एक भरत शाक्यको नाम मतपत्रमा नदेखिएपछि प्राविधिक त्रुटि भएको भन्दै स्थगित गरेर अर्को मितिमा चुनाव गर्ने निर्णय भएको प्रमुख निर्वाचन आयुक्त चिरञ्जिवी श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मतपत्र प्रकाशन गर्दा त्रुटिवश उहाँको नाम छुट्न गएको पाइएकोले विधिसम्मत हुनेगरी कार्यसमितिको बैठकले त्यही पदका लागि अर्को मिति तय गर्ने निर्क्योलसहित आजको मतदान स्थगित गरेका छौँ ।’

लेखा सदस्य पदकाे मतदान स्थगित गरिए पनि अन्य पदहरुकाे भने यथावत नै भएकाे श्रेष्ठले बताउनुभयाे । 

तर अन्य उम्मेदवार तथा पार्षदहरुले भने सबै पदकाे मतदान फेरि गर्नुपर्ने विचार व्यक्त गरेका छन् । लेखा सदस्य पदका लागि मात्र मत खसाल्न अर्काे मितिमा पार्षदरु आउने सम्भावना न्यून भएका कारण सबै पदकाे मतदान फेरि हुनुपर्ने उनीहरुकाे भनाइ छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया