जुनसुकै ओहदामा पुगे पनि अपराध गर्नेले दण्ड पाउनुपर्छ: गगन थापा

 कात्तिक २, २०७६ शनिबार १९:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अपराध गर्ने व्यक्ति जुनसुकै ओहदाको भए पनि दण्ड पाउनुपर्ने बताउनुभएको छ ।

कांग्रेस नेता मोहम्मद अफताब आलम पक्राउ परेको घटना र त्यसमा सरकारको षडयन्त्र रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको शुक्रबारको भनाइतर्फ संकेत गर्दै नेता थापाले कुनै पनि घटनाको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको हो ।

नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारण। । बाँकी सबै व्यक्तिगत धारणा हुन् । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Sabin

    Oct. 19, 2019, 7:56 p.m.

    Good concept. कुहेको सडेगलेको मान्छे बोकेर हिंड्यो भने नेपाली कांग्रेस कहिल्यै अघि बढ्दैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया