मालोर्कासँग रियल मड्रिड पराजित

 कात्तिक ३, २०७६ आइतबार ६:५९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा रियल मड्रिड मालोर्कासँग पराजित भएको छ । मालोर्काको मैदानमा भएको खेलमा घरेलु टिमले रियलललाई १–० ले हरायो । 

मालोर्काको जितमा जुनियर लागोले गोल गरेका थिए । उनले सातौं मिनेटमा गरेको गोलका कारण मालोर्काले जित निकाल्न सक्यो ।

खेलमा मालोर्कामाथि दबाब बनाउन सफल भए पनि रियलले हार भने टार्न सकेन । उसले खेलमा चारवटा प्रहार फ्रेममा गरेको थियो भने ६२ प्रतिशत बल पोसेसन आफ्नो पक्षमा राखेको थियो ।

तर, ८४ औं मिनेटमा डिफेन्डर एड्रिजोला रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि भने रियल केही कमजोर देखिएको थियो । त्यसपछि गोल हुन नसक्दा रियलले शीर्ष स्थानमा पुग्ने मौका गुमायो । 

ला लिगाको नवौं चरणको खेल सकिँदा बार्सिलोना १९ अंकसहित शीर्ष स्थानमा छ भने १८ अंक सहित रियल मड्रिड दोस्रो स्थानमा छ । मालोर्का भने १० अंक जोड्दै १४औं स्थानमा उक्लिएको छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया