धादिङमा अष्ट्रियाका एक वृद्ध पर्यटक मृत भेटिए

 कात्तिक ३, २०७६ आइतबार १५:११:३ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – धादिङको रुबीभ्याली गाउँपालिका १ को सोदाङ भन्ने ठाउँमा एक जना पर्यटक मृत फेला परेका छन् ।  

अष्ट्रियाका ७० वर्षीय व्लिहिम व्हिन्डर शनिबार टेन्टमा सुतेकै अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिनुभयो । 

अत्याधिक चिसो बढेकाले ट्रेकिङका लागि आएका पर्यटकको बास बसेकै स्थानमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला सदरमुकामबाट प्रहरी घटना भएको ठाउँमा हेलिकप्टर लिएर गएको छ । रुबीभ्यालीको सेर्तुङ प्रहरी चौकीबाट घटना भएको ठाउँ १० घण्टाको पैदल दुरीमा पर्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया