पाँचथरमा करेण्ट लागेर एक जनाको ज्यान गयो

 कात्तिक ५, २०७६ मंगलबार ७:५५:२३ | उज्यालो सहकर्मी

पाँचथर – कुम्मायक गाउँपालिकामा करेण्ट लागेर एक जनाको ज्यान गएको छ । करेण्ट लागेर पाल्पा जिल्लाको रुप्से गाउँपालिका–९ का २५ वर्षीय ईश्वर सारु मगरको ज्यान गएको हो ।

सोमबार साँझ पालिकाको हाङथुवा भन्ने ठाउँमा बिजुलीको काम गर्दै गर्दा मगरलाई करेण्ट लागेको थियो ।

करेण्ट लागेर गम्भीर घाइते भएका मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक (डीएसपी) सिद्धराज न्यौपानेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया