पश्चिमी वायुको प्रभाव कायमै, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

 कात्तिक ६, २०७६ बुधबार ८:१७:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अरब सागरमा विकास भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावले देशका धेरैजसो भूभागमा मौसम बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यसैको प्रभावले देशको उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

यस्तै, मध्य र पूर्वी पहाडी भूभागका केही ठाउँमा फाट्फुट्ट पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् । अन्य ठाउँको मौसम भने आशिंकदेखि सामान्य बद्ली हुने सम्भावना छ । अबको केही दिन देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नरहेको महाशाखाले जनाएको छ  ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया