कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुली भारतीय क्रिकेट कन्ट्राेल बोर्ड (बीसीसीआई)को औपचारिक रुपमा अध्यक्ष भएका छन् ।
अध्यक्ष पदका लागि उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका थिए । गांगुलीले मुम्बईमा बीसीसीआईको नयाँ अध्यक्षको रुपमा पदभार ग्रहण गरेका हुन् । उनले अध्यक्षको कार्यभार सम्हाले गत्तै ३३ महिना पहिला भारतको सर्वोच्च अदालतले गठन गरेको प्रशासक समिति सीओए पनि भंग भएको छ ।
गांगुलीको कार्यकाल २०२० को जुलाई सम्म रहने छ । उनको टिममा गृह मन्त्री अमित शाहका छोरा जय शाह सचिव र वित्त राज्यमन्त्री अनुराग ठाकुरका भाइ अरुण धूमल कोषाध्यक्षको रुपमा छन् । साथै उत्तराखण्डका महिम वर्मा उपाध्यक्ष र केरलका जयेश जर्ज संयुक्त सचिव बनेका छन् ।
पद सम्हाल लगत्तै सञ्चारकर्मीसँग गांगुलीले पूर्व कप्तान महेन्द्रसिंह धोनीको विषयमा कुरा गरेका थिए । उनले भने, ‘च्याम्पियनले यति चाँडै खेल छाड्दैनन् । म हुँदासम्म सबैको सम्मान हुन्छ ।’ पूर्व कप्तान धोनी इंग्ल्याण्ड विश्वकपपछि टिममा छैनन् । धोनी डिसेम्बरमा टिममा फर्कने सम्भावना रहेको पनि भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कप्तान विराट कोहलीसँग भोलि छलफल हुने बताउँदै अध्यक्ष गांगुलीले कप्तानले चाहे अनुसार सहयोग गर्न आफू तयार रहेको पनि बताए ।
गांगुलीले धोनी महानमध्ये एक खेलाडी रहेको बताउँदै उनले पाउने सम्मान दिनु पर्नेमा जोड पनि दिए । लामो समयसम्म भारतीय टिमको सदस्य भएर धोनीले गरेको कामले भारतीय क्रिकेट सधैं गौरवान्वित भएको पनि बताए ।