च्याम्पियन्स लिग : आयाक्समाथि चेल्सीको जित

 कात्तिक ७, २०७६ बिहिबार ६:५८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग अन्तर्गत समूह एचको खेलमा चेल्सीले आयाक्समाथि जित हात पारेको छ ।

आयाक्समा भएको खेलमा बात्सुआईले खेलको ८६औं मिनेटमा गोल गर्दा चेल्सी तीन अंक खोस्न सफल भएको हो ।

७१औं मिनेटमा टोबी अब्राहमको स्थानमा मैदान प्रवेश गरेका मिचि बात्सुआईले क्रिष्टियान पुलिसिचको पासमा गोल गरेका थिए । जितसँगै चेल्सी ६ अंक जोड्दै समूह एचको शीर्ष स्थानमा उक्लिएको छ ।

समूह एचमा फ्रेन्च क्लब लिल र स्पेनिस क्लब भ्यालेन्सियाले एक एक गोलको बराबरी खेलेका छन् । 
लिलमा भएको खेलमा डेनिस चेरिसेभले भ्यालेन्सियालाई ६३औं मिनेटमा अग्रता दिलाएका थिए ।

तर, इन्ज्युरी समयको पाँचौं मिनेटमा नानितामो इकोनेले गोल गरेपछि लिल अंक खोस्न सफल भएको हो । अघिल्लो दुई खेलमा पराजित भएको लिलको यो पहिलो अंक हो ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया