वुमन्स च्याम्पियन्स लिग क्रिकेट : उपाधिका लागि आज काठमाण्डाै र चितवनबीच प्रतिस्पर्धा

 कात्तिक ७, २०७६ बिहिबार ८:२८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

वुमन्स च्याम्पियन्स लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार क्याट क्वीन्स काठमाण्डाै र चितवन राइनोज खेल्दै छन् । चितवन राइनोज अपराजित रहँदै शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।

काठमाण्डाै भने प्ले अफ खेलेर फाइनल पुग्न सफल भयो । समूह चरणका चार खेल नै जितेको चितवन राइनोजले फाइनलमा पनि त्यस्तै आत्मविश्वासका साथ खेल्ने जवाफ दिएको छ भने काठमाण्डाै पहिलो खेलमा चितवनसँग पराजय व्यहोरे पनि पछिल्ला चारमा उत्कृष्ट प्रदर्शन गरेकाले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

नेपाली राष्ट्रिय महिला टिमकी पनि कप्तान रहेकी रुविना क्षेत्रीले सुुरुको खेलमा हारेकाले त्यसको गल्ति सच्याउँदै फाइनल खेल्ने बताइन् । एक खेलमा पराजित भए पनि पछिल्ला खेलमा गरेको प्रदर्शनका आधारमा राम्रोसँग खेल्ने तयारीमा रहेको बताउँदै अहिले टिमले कसरी बेस्ट क्रिकेट खेल्छ भन्ने कुरामा फोकस हुने पनि उनले बताइन् । प्ले अफको विराटनगरविरुद्धको खेलको उदाहरण दिँदै रुविनाले टिममा फाइटिङ स्प्रिट रहेको भन्दै ४४ रन बनाउँदासम्म विकेट लिन नसकेपनि ७० मा प्याक गर्नु भनेको एकदमै राम्रो प्रदर्शन भएको उल्लेख गरिन् ।

रुविनाले पत्रकार सम्मेलनमा प्रतियोगिता नेपालमै आयोजना हुन लागेको साग गेम्सको तयारीको रुपमा लिएको पनि बताइन् ।

समूह चरणका सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल पुगेकी टिमकी कप्तान इन्दू बर्माले टिम उपाधिका लागि तयार रहेको बताएकी थिइन् । सबै म्याच जितेर आएकाले पनि फाइनल पनि जित्नेमा ढुक्क रहेको उनको भनाइ थियो । फाइनल खेल बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया