एनसेलको तिहार अफर : चार गुणा बढी फोरजी डेटा बोनस

 कात्तिक ७, २०७६ बिहिबार १६:११:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले तिहार र छठ पर्वको अवसरमा फोरजी डेटा बोनस योजना ल्याएको छ । यसअन्तर्गत ग्राहकले चार गुणा बढी डेटाको फाइदा लिन सक्नेछन् ।

यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मका लागि सञ्चालनमा रहने छ । यस अफरअन्तर्गत एक दिन समयावधि भएको ७५ एमबी डेटा र सात दिनको समयावधि भएको ५०० एमबीको डेटा प्याक खरिद गर्ने ग्राहकले चार गुणा बढी डेटा भोल्यूमको फाइदा लिन सक्नेछन् ।  

कर बाहेक १५ रुपैयाँ (करसहित १९.१५ रुपैयाँ) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउनेछन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् ।

त्यसैगरी कर बाहेक ७५ रुपैयाँ (करसहित९५.७७ रुपैयाँ ) शुल्कमा आउने ५०० एमबीको खरिदमा थप १५०० एमबी फोरजी डेटा बोनसस्वरुप पाउनेछन् । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफरअन्तर्गत पाइने बोनस डेटा भोल्यूम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिम प्रयोग गरी फोरजी नेटवर्क सञ्चालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफूलाई नजिकै पर्ने एनसेल सेन्टरमा गई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि  १ रुपैयाँ शुल्क लाग्छ ।

यस प्रक्रियामार्फत युसिम लिने ग्राहकले सात दिनको समयसीमा रहेको एक जीबी डेटा पनि पाउनेछन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स३२४ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाइदा लिन सक्छन् ।    

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया