जलवायु परिवर्तनप्रति सचेत छठ पर्वको वैज्ञानिक र पर्यावरणीय महत्त्व
कात्तिक २१, २०८१ बुधबार
अर्को वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटको खेलतालिका सार्वजनिक भएको छ ।
१७ जनवरीदेखि ९ फेब्रुअरीसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ ।
समूह एमा भारत, न्यूजिल्याण्ड, श्रीलंका र जापान छन् । यसैगरी समूह बीमा अस्ट्रेलिया, वेस्ट इण्डिज, इंग्ल्याण्ड र नाइजेरिया रहेका छन् ।
त्यस्तै समूह सीमा पाकिस्तान, बंग्लादेश, जिम्बाब्वे र स्कटल्याण्ड रहेका छन् । समूह डीमा घरेलु टोली दक्षिण अफ्रिका, अफगानिस्तान, यूएई र क्यानडा रहेका छन् ।
नेपालकाे यू-१९ विश्वकप छनोटमा यूएईसँग पराजित भएपछि विश्वकप खेल्ने सपना सकिएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान जनवरी १७ तारिखमा भिड्ने छन् ।
प्रतियोगिताका खेलहरु दक्षिण अफ्रिकाका ८ ठाउँमा हुने छन् । चार समूहमा शीर्ष २ टिमले सुपर लिगमा प्रतिस्पर्धा गर्ने र त्यसका आधारमा शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ । बाँकी टिमले भने प्लेट च्याम्पियनसिप खेल्ने पनि जनाइएको छ ।
जापान र नाइजेरिया पहिलो पटक यो प्रतियाेगिता खेल्दैछन् । गत संस्करणको उपाधि भारतले जितेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।