सुनचाँदीकाे भाउ बढ्याे

 कात्तिक ८, २०७६ शुक्रबार १२:१०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पछिल्लो समय अस्थिर रहेको सुन दीको भाउ शुक्रबार केही रुपैयाँले बढेको छ । 

तोलामा ६ सय रुपैयाँ बढेर सुन शुक्रबार आज तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गएको बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बढेको हो । यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ । 

गएको शुक्रबारदेखि नै तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया