भूटानले राजनीतिक बन्दीमाथि गरिरहेकाे दमनकाे राष्ट्रसङ्घीय कार्...
चैत ६, २०८१ बुधबार
काठमाण्डौ – सामाजिक अभियन्ता डा. गोविन्द केसीले आउँदो कात्तिक १८ गतेदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने बताउनुभएको छ ।
यही कात्तिक ७ गते वीरगन्जको नेशनल मेडिकल कलेजमा अवैध रुपमा असुलिएको शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रेका विद्यार्थीहरुलाई कलेज प्रशासनले भाडाका गुण्डा लगाएर आक्रमण गरेको भन्दै डाक्टर केसीले त्यस घटनाकाे भर्त्सना गर्नु भएकाे छ ।
डा. केसीले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, 'कलेज प्रशासनले भाडाका गुण्डाहरु ल्याएर ढुंगा, लाठी र रड प्रयोग गरी आक्रमण गराएको छ । जायज माग पूरा गराउनका लागि आन्दोलनरत मेडिकल विद्यार्थीहरुमाथि मेडिकल माफियाले गराएको यस्तो सांघातिक हमलाको हामी घोर भर्त्सना गर्दर्छौं ।'
डा.केसीले सरकारलाई दिएको अल्टिमेटमभित्र अवैध रुपमा असुलिएको शुल्क फिर्ता नगर्ने सबै मेडिकल कलेजका सञ्चालकहरुलाई तत्काल फौजदारी कसुरअन्तर्गत पक्राउ र कारबाही गर्न पनि माग गर्नुभएको छ । यदि त्यसो नगरिएको खण्डमा दशौँ अर्बको ठगीको प्रमुख दोषी सरकार नै बताइएको छ ।
‘विभिन्न मागहरुसहित हामीले सरकारलाई आन्दोलनका लागि आजको अल्टिमेटम दिएकोमा तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै यही कात्तिक १८ गते सोमबारदेखि सत्याग्रहसहितको आन्दोलन सुरु गर्ने जानकारी गराउन चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।