इंग्लिस प्रिमियर लिग: म्यान्चेष्टर युनाइटेडले नर्विच सिटीलाई तीन-एकले हरायाे

 कात्तिक ११, २०७६ सोमबार ९:३८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर युनाइटेड विजयी भएको छ । नर्विच सिटीलाई ३–१ ले हराउँदै युनाइटेडले पछिल्लो पाँच खेलमा पहिलो जित निकालेको हो ।

नर्विच सिटीको मैदानमा भएको खेलमा म्याक टोमिनेले गोल गर्दै युनाइेडलाई २१औंँ मिनेटमा अग्रता दिलाएका थिए । ३०औंँ मिनेटमा मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–० को अग्रता लियो ।

७३औंँ मिनेटमा एन्थोनी मार्सियलले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लियो । 

तर, ८८औंँ मिनेटमा ओनेल हर्नाण्डेजले नर्विचका लागि गोल गर्दै  युनाइेडको अग्रता ३–१ मा झारे । बाँकी समयमा थप गोल हुन नसक्दा युनाइटेडले जित हात पार्दै महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

जितसँगै युनाइटेड १३ अंक बनाउँदै सातौँ स्थानमा उक्लिएको छ । नर्विच सिटी भने सात अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।

प्रिमियर लिग अन्तर्गत नै भएको न्यू क्यासल युनाइटेड र वल्भरह्याम्टनबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ भने आर्सनल क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरीमा रोकिएको छ ।

 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया